Monthly Archives: February 2017

सरस्वती माता

Standard

maa-saraswati-wallpaper-003-177           

                      ॐ श्री गणेशाय नम ॐ

स – सदा सदा शब्दको आशिर्बाद रहिरहोस ,

र – रात्री होस् या दिनहुँ होस् ,

स्  – स्वरमा होस् या आवाजमा,

व- वर र पर, तिम्रै महिमा ,

ती – तीरले झैँ ताकी सधैँ लेख्न सकू,

      

सरस्वती माता,

भाषा यो होस् या त्यो ,

बिषय संसार होस् या जीवन ,

दुख होस् या सुख ,

शब्दको बाहार तिमी मात्र  एक प्रमुख !

मेरा सबै शब्दहरुमा, मेरा सबै बिषयहरुमा,

हावा बनी साथ दिनुहोला ,

मेरा शब्दहरुले त्यो हावालाई हरेक स्वास – प्रसासमा  राख्न सकोस् ,

र मेरा बिषयहरुले त्यो हावालाई लिई बाच्न  सकोस् ,

सरस्वती माता,

तिमी मात्रै हौ यी सबै सबै शब्दहरुको मूल दाता !!!

                            ॐ   

Advertisements